नियम १६
नियुक्ति गर्ने प्रक्रिया
(१) ऐनको दफा १० बमोजिम लोक सेवा आयोगबाट खुल्ला
प्रतियोगिताद्वारा सिफारिस भएका उम्मेदवारलाई सिफारिसपत्र दाखिला भएको मितिले
अधिकृत तहको पदको हकमा पँैतीस दिनभित्र र सहायक तहको पदको हकमा पन्ध्र
दिनभित्र अख्तियारवालाले नियुक्ति गर्नु पर्नेछ र त्यस्तो नियुक्तिको सूचना छिटो साधनद्वारा
सम्बन्धित उम्मेदवारलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिएको सूचना सम्बन्धित उम्मेदवारले नपाएमा वा
सूचना फिर्ता आएमा सार्वजनिक पत्रपत्रिकामा एकमहिनाको म्याद दिई सम्बन्धित
उम्मेदवारलाई नियुक्तिपत्र बुझ्न आउन सूचना प्रकाशन गरिनेछ ।
(३) उपनियम (२) बमोजिमको म्यादभित्र पनि सम्बन्धित उम्मेदवारले नियुक्तिपत्र
बुझ्न नआएमा लोकसेवा आयोगले सिफारिस गरेको बैकल्पिक उम्मेदवारलाई
योग्यताक्रमानुसार नियुक्त गर्न सकिनेछ । यसरी गरिएको नियुक्तिको सूचना नियुक्ति
गरेको मितिले पन्ध्र दिनभित्र लोकसेवा आयोगमा पठाउनु पर्नेछ ।